१४ असार २०८३, आइतबार

भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

माघ २५, २०८०
सोलुखुम्बु
भत्ता लिन आएका वृद्धको बाटोमै मृत्यु

सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । 

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्