१३ असार २०८३, शनिबार

कहाँ छन् क्रिप्टोकरेन्सीका मास्टरमाइन्ड अविनाश ?

कात्तिक २०, २०७४
कहाँ छन्  क्रिप्टोकरेन्सीका  मास्टरमाइन्ड अविनाश ?
काठमाडौँ, २१ असोज- अवैध भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरी ठगी गरेको आरोपमा सातजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ । नेपाल र विदेशमा समेत अवैध क्रिप्टोकरेन्सी ग्र्याभिटी क्वाइन र बिटक्वाइन कारोबार गर्ने सातजनाको गिरोहलाई प्रहरीले देशका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
Bitcoin
नेपालमा ग्र्याभिटी क्वाइनको अवैध धन्दा सञ्चालन गर्ने मास्टरमाइन्ड अविनाश शाह अझै पनि पक्राउ परेका छैनन् । उनी केहीअघिसम्म ग्लोबल करेन्सी रिजर्भ (जिसिआर) नामक क्वाइनको नेटवर्क मार्केटिङमा संलग्न थिए । त्यो समूहमा शाहबाहेक मिङमार लामा, जिपी पौडेललगायत २०–२५ जना थिए । जिसिआरले नेटवर्क मार्केटिङ बन्द गरेपछि अविनाश र जिपीलगायतको समूहले ग्र्याभिटी क्वाइन बनाएर ठगी गर्न लागेको हो ।

सिआइएबीका प्रमुख डिआइजी कार्कीका अनुसार उनी भारतमा लुकेर बसेका छन् । मास्टरमाइन्ड शाहलाई पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरिसकेको र केही दिनमा उनलाई पक्राउ गरिने कार्कीले बताए । उनले शाह आफूले बोक्ने दुवै मोबाइल नम्बर स्विचअफ गरेर भारततिर भागेको कार्कीले बताए । निकेल भिन्सेन्टको नाममा ग्र्याभिटी क्वाइनको विकास गर्ने सफ्टवेयर इन्जिनियर कृष्ण झाका बारेमा भने जानकारी नभएको सिआईबीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए , नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्