२८ जेठ २०८३, बिहीबार

त्रिवि क्रिकेट मैदानमा सन्दीपको पक्षमा नारा

माघ २५, २०८०
काठमाडौं
त्रिवि क्रिकेट मैदानमा सन्दीपको पक्षमा नारा

त्रिवि मैदानमा नेपाल र क्यानाडाबीचको क्रिकेट खेल भइरहँदा दर्शकले सन्दीप लामिछानेको पक्षमा नारा लगाएका छन् ।

एकदिवसीय सिरिजअन्तर्गत त्रिवि क्रिकेट मैदानमा खेल चलिरहँदा दर्शकहरूले ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’भन्दै नाराबाजी गरेका हुन् । 

हुटिङ गर्नेमध्ये केहीलाई प्रहरीले मैदानबाट निकालेको थियो । 

त्रिवि मैदानमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो ।

बलात्कार मुद्दामा दोषी ठहर भई सजायसमेत तोकिएपछि लामिछाने राष्ट्रिय टोलीबाट अलग भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्