०९ साउन २०८३, शनिबार
भेपमार्फत सुन तस्करी

सुन तस्करी सम्बन्धमा माओवादी उपाध्यक्ष महरासँग आयोगले लियो बयान

माघ २५, २०८०
काठमाडौं
सुन तस्करी सम्बन्धमा माओवादी उपाध्यक्ष महरासँग आयोगले लियो बयान

सुन तस्करी सम्बन्धमा छानबिन गर्न डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगले बिहीवार सिंहदरवारमा बोलाएर महरासँग बयान लिएको हो । 

विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वउपप्रधान, गृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चूडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्