२४ असार २०८३, बुधबार
एकदिवसीय सिरिज

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत

माघ २५, २०८०
काठमाडौं
क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जीत

एकदिवसीय क्रिकेट​ सिरिजअन्तर्गत पहिलो खेलमा क्यानडाविरुद्ध पराजयको नजिक पुगेर पनि नेपालले रोमाञ्चक जीत दर्ता गरेको छ । 

तीन खेलको सिरिज अन्तर्गत कीर्तिपुरमा भएको पहिलो खेलमा घरेलु टाेली नेपालले क्यानडाविरुद्ध रोमाञ्चक ७ रनको जीत दर्ता गरेको हो । 

क्यानडा २२५ रनको सामान्य लक्ष्य पछ्याएर जीततर्फ अघि बढेको थियो । तर नेपालका बलरले अन्तिममा धारिलो बलिङ गरेपछि रोमाञ्चक जीत निस्किएको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडा १७४ रन बनाउँदा ४ विकेट मात्रै गुमाएर बलियो स्थितिमा थियो । तर अन्तिममा नेपाली बलर हाबी भएपछि क्यानडाले २१७ रनसम्म पुग्दा ६ विकेट गुमाएको हो । 

थप ४३ रन जोड्दा ६ विकेट गुमाएपछि क्यानडा ७ रनले पराजित हुन पुगेको हो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पूरै ओभर खेल्दै सबै विकेट गुमाएर २२४ रन बनाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्