०७ साउन २०८३, बिहीबार

रौतहटमा ओलीलाई १०१ किलोको माला

माघ २५, २०८०
काठमाडौं
रौतहटमा ओलीलाई १०१ किलोको माला

रौतहट– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणको सपना आफ्नो दलको परिकल्पना भएको बताउँदै त्यसलाई साकार पार्टी मात्र नभइ समाजका अन्य वर्गको पनि सक्रिय सहभागिता अपरिहार्य भएको बताएका छन् । 

एमाले रौतहटले गरुडामा बिहीवार आयोजना गरेको १०औँ जिल्ला अधिवेशनमा अध्यक्ष ओलीले नेपाली जनताको समृद्धिको आकाङ्क्षालाई मूर्तरुप दिन आफ्नो दलको एकल सरकार आवश्यक भएकाले आगामी निर्वाचनमा त्यो चाहना पूरा गर्न पार्टीका हरेक तहका नेता तथा कार्यकर्ताले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा जोड दिए । 

जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाउँदै अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार भएपछि मात्र उनीहरूका विकासका चाहना पूरा हुने दाबी गरे । उनले पार्टी कार्यकर्तालाई सेवा भावनाका साथ काम गर्न निर्देशन पनि दिए । 

कार्यक्रमका प्रमुख अतिथि ओलीलाई रौतहटका जनताले १०१ किलोको मालाले स्वागत गरेका थिए । एमालेको १० औँ जिल्ला अधिवेशन बिहीवार र शुक्रवार गरुडामा हुँदैछ ।

कार्यक्रममा मधेश प्रदेश इञ्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इञ्चार्ज रघुुवीर महासेठ, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्य र गरुडा नगरपालिकाका प्रमुख कन्तमणि जयसवाललगायत नेताको सहभागिता थियो । अधिवेशनले रौतहट जिल्लामा नयाँ कार्यसमिति चयन गर्नेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्