२८ जेठ २०८३, बिहीबार

जलवायु परिवर्तनको प्रभाव: पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५  डिग्री सेल्सियसभन्दा माथि

माघ २६, २०८०
काठमाडौं
जलवायु परिवर्तनको प्रभाव: पृथ्वीको तापक्रम लगातार १२ महिनासम्म १.५  डिग्री सेल्सियसभन्दा माथि

पृथ्वीले पहिलो पटक लगातार १२ महिना औद्योगिक युगको तुलनामा १.५ डिग्री सेल्सियस तातो सहनुपरेको युरोपको जलवायु अनुगमनकारी संस्थाले बिहीबार जनाएको छ । वैज्ञानिकहरूले यसलाई ‘मानव जगत्का लागि चेतावनी’ बताएका छन् । 

आँधीबेहरी, खडेरी र डढेलोका कारण जलवायु परिवर्तनले सन् २०२३ मा कीर्तिमानी तापक्रम वृद्धि गरेको छ, जसले गर्दा यो सम्भवतः एक लाख वर्षयताकै सबैभन्दा तातो वर्ष भएको छ ।

कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस) ले सन् २०२३ को फेब्रुअरीदेखि सन् २०२४ को जनवरीसम्म १९औं शताब्दीको उच्च रेकर्डभन्दा १.५२ डिग्री सेल्सियस बढी तापक्रम वृद्धि भएको पुष्टि गरेको छ ।

यो पेरिस जलवायु सम्झौताको महत्वपूर्ण १.५ डिग्री सेल्सियसको ‘अधिकतम तापमान सीमा’को गम्भीर पूर्वाभास हो, तर यसले दशकौंसम्म मापन गरिने सीमाको स्थायी उल्लङ्घनको सङ्केत नगर्ने वैज्ञानिकहरूले बताएका छन् । 

‘पोट्सडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च’का जोहान रकस्ट्रोमले भने, 'हामी १.५ डिग्री सेल्सियसमा छुँदैछौं र हामी लागत, सामाजिक लागत र आर्थिक लागत देख्छौं। सन् २०२३ मा लामो समयसम्म तापक्रम १.५ डिग्री सेल्सियसभन्दा धेरै रहेको देखिएको छ र यसले हामीलाई गर्मीको लहर, खडेरी, बाढी, प्रबलित आँधीबेहरी, सम्पूर्ण विश्वमा पानीको अभावको सन्दर्भमा वास्तवमै नराम्रोसँग असर पुर्याउँछ । सन् २०२३ ले हामीलाई यही कुरा सिकाएको छ ।' 

हालैका महिनाहरूमा अमेजन क्षेत्रमा विनाशकारी खडेरी, दक्षिणी युरोपका केही भागहरूमा जाडोमा पनि तापक्रममा वृद्धि, दक्षिण अमेरिकामा घातक डढेलो र क्यालिफोर्नियामा उच्च वर्षाजस्ता पृथ्वीभरि चरम घटनाहरू भएका छन् ।

'यो स्पष्ट रूपमा मानवताका लागि चेतावनी हो । हामीले हस्ताक्षर गरेको १.५ डिग्री सेल्सियसको सीमामा हामी अपेक्षा गरेभन्दा बढी गतिमा अघि बढिरहेका छौं,' रकस्ट्रोमले एएफपीसँग भने, 'यद्यपि, एल निनो समाप्त भएपछि तापक्रम केही घट्नेछ ।'

कोपर्निकसका अनुसार सन् १८५० देखि १९०० सम्मको जनवरीको औसतको अनुमानभन्दा १.६६ डिग्री सेल्सियस बढी तापक्रम रेकर्ड भएको उच्च मासिक तापक्रमको लगातार यो आठौं महिना हो ।

'सन् २०२४ को सुरुवात अर्को रेकर्ड तोड्ने महिनाको साथ भएको छ । यो रेकर्डमा सबैभन्दा न्यानो जनवरी मात्र होइन तर हामीले पूर्व–औद्योगिक सन्दर्भ अवधिभन्दा १.५ डिग्री सेल्सियस भन्दा बढीको १२ महिनाको अवधि पनि अनुभव गरेका छौं,' सीथ्रीएसका उपनिर्देशक सामन्था बर्गेसले भने । 

मुख्यतया जीवाश्म ईन्धनको जलनबाट हालैका वर्षहरूमा ग्रह–ताप उत्सर्जन वृद्धि भइरहेको छ । यो दशकमा तापक्रम लगभग आधाले घट्न आवश्यक छ । संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी समिति (आईपीससिी)ले विश्व ३० को दशकको सुरुमा १.५ डिग्री सेल्सियसको तापक्रमले निकै प्रभावित बन्नेछ चेतावनी दिएको छ ।

तर उत्तरी युरोप, पश्चिमी क्यानडा र संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा तापक्रम औसतभन्दा कम देखिएको थियो । 

संसारका केही भागहरूमा जनवरीमा असामान्य रूपमा वर्षाको अनुभव गरिरहँदा उत्तरी अमेरिका, हर्न अफ अफ्रिका र अरब प्रायद्वीपको अधिकांश भाग सुख्खा भएको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्