१५ असार २०८३, सोमबार

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया : १४ जनाको सर्ट लिष्ट सार्वजनिक

माघ २६, २०८०
काठमाडौं
त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया : १४ जनाको सर्ट लिष्ट सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा परेको छ ।  उपकुलपति सिफारिस समितिले १४ जनाको नाम प्रस्तुतीकरण र अन्तरवार्ताका लागि छनोट गरेर सार्वजनिक गरेको हो । 

जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोविन्द सुवेदी काठमाडौं, चित्रबहादुर बुढाथोकी बागलुङ, ज्ञानेन्द्र पौड्याल नवलपरासी र टंकनाथ धमला ओखलढुंगा,  तीर्थराज खनियाँ चितवन, नारायण प्रसाद बेलबासे अर्घाखाँची, प्रकाश घिमिरे काठमाडौं भोजराज अर्याल काठमाडौं, महेन्द्र प्रसाद शर्मा बागलुङ रामचन्द्र बस्नेत काठमाडौं, शिवलाल भुसाल अर्घाखाँची र सूर्यबहादुर थापा गुल्मी रहेका छन् । 

उपकुलपतिकालागि दुई महिलासहित ४३ जनाले आवेदन दिएका थिए । अब सर्ट लिष्टमा परेकाहरूमध्येबाट सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ । ती तीनजनामध्ये एक जना उपकुलपति बन्नेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्