×

NMB BANK
NIC ASIA

प्रिमियरमा फिल्म ‘दयारानी’ हेरेपछि कसले के भने ?

काठमाडाैं | माघ २६, २०८०

NTC
Premier Steels

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले प्रिमियरमा प्रशंसा बटुलेको छ । 

Muktinath Bank

बिहीवार बेलुका गरिएको प्रिमियरमा फिल्म हेरेका फिल्मकर्मीले यसको कथा, प्रस्तुति र कलाकारहरूको अभिनयको तारिफ गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओत्से गुरुङ निर्देशित तथा दयाहाङ राई र दीया पुन स्टारर फिल्मको प्रिमियरमा नेपाली रजतपटसँगै राजनीतिक अनुहारहरूसमेतको उपस्थिति थियो । 


Advertisment
Nabil box
Kumari

फिल्मका निर्देशक गुरुङसँग विद्यार्थीकालीन समयदेखि परिचित रहेका पूर्व स्वास्थ्य मन्त्री तथा एमाले प्रमुख सचेतक पदम गिरीले फिल्म आफूलाई मन परेको बताए । ‘हाम्रो नेपाली समाज त्यसमा पनि गुरुङ समाज र संस्कृतिको बारेमा यो फिल्मले बाहिर ल्याउने कोसिस गरेको छ । महिलाले एउटा बच्चा जन्माउन सकेन वा जन्मेन भने समाजले कति धेरै हेप्छ, कुरा काट्छ र एउटा महिलाको मनोबल कसरी गिराउँछ भन्ने कुरा यो फिल्मले नजिकबाट देखाएको छ’ प्रिमियरपछि गिरीले भने । 

Vianet communication

निर्देशक तथा वितरक अशोक शर्माले अभिनयबाट निर्देशनमा डेव्यु गरेका माओत्से गुरुङको काम एकदमै तारिफ योग्य रहेको भन्दै फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ‘दर्शकलाई एउटा राम्रो फिल्म दिएकोमा उहाँलाई धेरै धेरै बधाई भन्छु । कलाकारहरू सबैले राम्रो काम गर्नु भएको छ’, उनले भने ।

अभिनेता खगेन्द्र लामिछानेले आफूलाई फिल्म रमाइलो लागेको बताए । ‘फिल्म हेरिरहँदा समय बितेको पत्तै हुँदैन । फिल्मले सामाजिक पक्ष रमाइलो पाराले भनिएको छ । दर्शकलाई मन पर्न सक्छ । अल्छी लाग्दैन दर्शकलाई भन्नेमा विश्वस्त छु । सबै कलाकारले नेचुरल काम गर्नु भएको छ ।’ 

निर्देशक तथा कोरियोग्राफर रेनेशा वान्तवा राईले टिजर र ट्रेलरले वाचा गरेअनुरुपको फिल्म बनेको भन्दै दर्शकलाई हेर्न सिफारिस गरिन् । ‘टिजर र ट्रेलर जुन किसिमको बनेको थियो, फिल्म पनि त्यही किसिमको र त्यति नै राम्रो बनेकाले सबै दर्शकलाई यो फिल्म एक पटक हेर्न सिफारिस गर्छु’ उनले भनिन् । 

यस्तै, आफ्नी आमासहित प्रिमियरमा आएकी अभिनेत्री प्रियंका कार्कीले ‘दयारानी’मा कासीको भुमिकामा अभिनय गरेकी अभिनेत्री नयन गुरुङको अभिनय निक्कै मन परेको बताइन् । 

अभिनेत्री केकी अधिकारले पनि आफूलाई यो फिल्म मन परेको बताइन् । 

फिल्ममा ‘दयारानी’को शीर्ष भुमिकामा काम गरेकी अभिनेत्री दीया पुनले प्रिमियर शोबाट पाएको प्रतिक्रियाले निक्कै खुशी लागेको प्रतिक्रिया दिइन् । ‘फिल्मको कथा निकै राम्रो छ ।  पर्दामा आफूलाई हेरिरहँदा दीया पुन भन्दा पनि फिल्मकी पात्र दयारानीलाई नै देखेँ ।’ 

यसैगरी प्रिमियरमा सहभागी अन्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएका थिए । फिल्ममा दयाहाङ र दीयाका साथमा विजय बराल, प्रमिश गुरुङ, श्रीषा कुवँर, नयन गुरुङ, पुस्कर गुरुङलगायतका कलाकार छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x