०३ असार २०८३, बुधबार

माइतीघरबाट मिटरब्याजपीडितलाई हटाएकोमा जवाफदेहिता निगरानी समितिको आपत्ति

माघ २६, २०८०
काठमाडौं
माइतीघरबाट मिटरब्याजपीडितलाई हटाएकोमा जवाफदेहिता निगरानी समितिको आपत्ति
फाइल तस्वीर

जवाफदेहिता निगरानी समिति (एडब्लुसी)ले मिटरब्याजपीडित आरती साह लगायतलाई लछारपछार पारी माइतीघरबाट हटाइएकोमा आपत्ति जनाएको छ ।

समितिका संयोजक चरण प्रसाईंले शुक्रवार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘यही माघ २३ गते काठमाडौंस्थित शान्तिबाटिका रत्नपार्कमा शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजपीडित एवं आरती साह परिवार लगायतका पीडितलाई लछारपछार गर्दै जबर्जस्ती हटाएकाप्रति जवाफदेहिता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको शान्तिपूर्ण भेला हुन पाउने र न्याय खोज्ने मौलिक अधिकारमाथि काठमाडौं महानगरपालिकाले नगर प्रहरी परिचालन गरी गरेको दमन एवं संवेदनहीन र असहिष्णु व्यवहारप्रति निगरानी समिति आपत्ति प्रकट गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नागरिकका मौलिक हक खोस्ने गरी काठमाडौं महानगरपालिकाका अधिकारीबाट भएको ज्यादतीपूर्ण घटनाको अविलम्ब छानबिन गरी दोषीमाथि कानूनी कारवाही र पीडितलाई पर्याप्त क्षतिपूर्तिको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग समिति आग्रह गर्दछ । साथै, राज्यका निकायबाट हुने गरेका यस किसिमका उल्लंघनका घटनाप्रति प्रभावकारी निगरानी बढाउन पनि निगरानी समिति संघीय संसद्का सम्बन्धित समितिहरूको ध्यानाकर्षण गराउँदछ ।’

हेर्नुहोस्, विज्ञप्ति :

null
 

salt training

कमेन्ट गर्नुहोस्