१७ असार २०८३, बुधबार

१५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बनेपाका वडा अध्यक्ष बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ २६, २०८०
काठमाडौं
१५ लाख रुपैयाँ घुससहित पक्राउ परेका बनेपाका वडा अध्यक्ष बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घर बाटो सिफारिश गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा यही माघ ३ गते पक्राउ परेका बादेविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनलाई कैद सजाय र बिगो बमोजिमको जरिवाना माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्