२० असार २०८३, शनिबार

आड्राको अन्तर्राष्ट्रिय टोलीद्वारा मधेशमा स्वास्थ्य तथा जीविकोपार्जन कार्यक्रम निरीक्षण

माघ २६, २०८०
काठमाडौं
आड्राको अन्तर्राष्ट्रिय टोलीद्वारा मधेशमा स्वास्थ्य तथा जीविकोपार्जन कार्यक्रम निरीक्षण

आड्रा नेपालद्वारा मधेश प्रदेशका विभिन्न जिल्लामा सञ्चालित स्वास्थ्य तथा जीविकोपार्जन कार्यक्रम आड्राको क्षेत्रीय कार्यालय एसियाका निर्देशकसहितको टोलीले अवलोकन तथा निरीक्षण गरेको छ ।

महोत्तरीको एकडारा गाउँपालिकासँगको समन्वयमा आड्रा नेपाल र बागमती सेवा समाज नेपालद्वारा सञ्चालित दुई दिने वृहत् प्रजनन स्वास्थ्य शिविरको अनुगमन गरेको आड्राको अन्तर्राष्ट्रिय टोलीले गरेको हो ।
 
विशेषज्ञ सेवासहितको उक्त शिविरमा सम्पूर्ण सेवाहरू नि:शुल्क प्रदान गरिएको थियो । माघ २४ र २५ गते चलेको २ दिने शिविरमा ४२४ जनाले सेवा लिएको आड्रा नेपालले जनाएको छ ।

शिविरमा स्त्रीरोग, गर्भवती तथा सुत्केरी महिलाको जाँच, परिवार नियोजन र मनोपरामर्श आदि सेवा उपलब्ध गराइएको थियो ।

बागमती सेवा समाजका कार्यबाहक कार्यकारी निर्देशक सुनिलकुमार साहले मधेश प्रदेशभरि आवश्यकताका आधारमा पालिकहरूसँग समन्वय गरी यस्ता शिविर सञ्चालन गरिने बताए ।

यसैगरी परियोजना अनुगमनका लागि मधेश प्रदेश दौडाहामा रहेको उक्त टोली महोत्तरीको औरही नगरपालिका अन्तर्गतका विपन्न तथा मुसहर समुदायका गर्भवती र सुत्केरी महिलालाई पोषण परामर्श एवं सामग्री वितरणमा पनि उक्त टोली सरिक भएको थियो । त्यसक्रममा १४६ जना महिलालाई पोषण परामर्श तथा सामग्री वितरण गरिएको थियो ।

आड्रा नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम भट्टले मधेश प्रदेशका सम्पूर्ण पालिकामा क्रमिकरूपमा पोषण कर्नर स्थापना गर्ने र समुदायस्तरसम्म स्थानीय तहमा पाइने विभिन्न अन्नका पोषणयुक्त परिकार बनाउन सिकाइ मातृ तथा शिशुको स्वास्थ्य सुदृढ गर्ने लक्ष्य लिइएको बताए ।


 

salt training

कमेन्ट गर्नुहोस्