२० असार २०८३, शनिबार

माओवादीको दाबी– राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा खटपट आउँदैन

माघ २६, २०८०
काठमाडौं
माओवादीको दाबी– राष्ट्रियसभा अध्यक्षको विषयले गठबन्धनमा खटपट आउँदैन

नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको विषयले सत्ता गठबन्धनमा खटपट नआउने दाबी गरेको छ । काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले गठबन्धनमा तत्काल कुनै समस्या नआउने दाबी गरिएको हो । 

‘राष्ट्रियसभा अध्यक्षका बारेमा कांग्रेसका कतिपय नेताले के–के भने भनेर हिसाब राखेर साध्य छैन,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘अहिले गठबन्धनमा कुनै समस्या छैन । यो गठबन्धन पाँचै वर्ष जान्छ ।’

बैठकमा विधान मस्यौदा कार्यदल संयोजक एवं उपधयक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन, शर्मा, गणेश साह, राम कार्कीसहितका नेताले विधानका विषयमा धारणा राखेको जानकारी उनले दिए । 

‘छलफलको सार, संविधानको प्रस्तावना अनुसारको लोकतन्त्रमा आधारित समाजवादतिरै जानुपर्छ भन्ने छ । हाम्रो विधानमा समाजवाद उन्मुख राज्यव्यवस्था भनेर उल्लेख गर्नुपर्छ, समाजवादी विचारधारा अभिव्यक्त हुनेगरी जानुपर्छ भन्ने कुरा उठिरहेको छ,’ सापकोटाले भने, ‘धारणा राख्नेले कमिटी ठूला भए केन्द्रीय कमिटी १५१ सदस्यीय हुनुपर्छ भन्ने सुझाव छ ।’

अन्तिम निष्कर्ष फागुन १ देखि ३ गतेसम्म चल्ने विधान सम्मेलनने निकाल्ने उनले बताए । अहिले सैद्धान्तिक छलफल मात्रै भएको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्