२४ असार २०८३, बुधबार

अख्तियारको ३३औं स्थापना दिवस : १७५ जनाले गरे रक्तदान

माघ २६, २०८०
काठमाडौं
अख्तियारको ३३औं स्थापना दिवस : १७५ जनाले गरे रक्तदान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३औं स्थापना दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।​

बिहीवार आयोगको परिसर काठमाडौंमा आयोजित कार्यक्रममा १७५ जनाले रक्तदान गरेका छन् ।

आयोगका आयुक्त जयबहादुर चन्द, डा. सुमित्रा श्रेष्ठ अमात्य तथा रामेश्वर दंगाललगायत १७५ जनाले रक्तदान गरेका आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनका अनुसार आयोगको परिसरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म रक्तदान कार्यक्रम गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्