०१ साउन २०८३, शुक्रबार

कांग्रेसको महासमिति बैठकः प्रचार–प्रसार उपसमितिमा ७ सदस्य चयन

माघ २६, २०८०
काठमाडौं
कांग्रेसको महासमिति बैठकः प्रचार–प्रसार उपसमितिमा ७ सदस्य चयन

सत्तारुढ दल नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकका लागि प्रचार–प्रसार उपसमितिमा सातजना सदस्य चयन गरिएको छ । 

कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित ‘प्रचार–प्रसार उपसमिति’मा शुक्रवार सात सदस्य चयन भएका हुन् । 

जसमा किरण गिरी (काठमाडौं) बद्री सिग्देल (बर्दिया) सरोज अधिकारी (धादिङ) र रोजी पराजुली ढकाल (मोरङ) छन् ।

यस्तै थप सदस्यमा महेश्वर गौतम (काठमाडौं), केदारनाथ दाहाल (ललितपुर) र जगत प्रजापति (भक्तपुर) रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्