२४ असार २०८३, बुधबार

कांग्रेस महासमिति बैठकको तयारी तीव्र, प्रचार प्रसार उपसमितिमा ७ सदस्य चयन

माघ २६, २०८०
काठमाडौं
कांग्रेस महासमिति बैठकको तयारी तीव्र, प्रचार प्रसार उपसमितिमा ७ सदस्य चयन

आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने कांग्रेस महासमिति बैठकको तयारीलाई तीव्र बनाइएको छ । 

सोही अनुसार कांग्रेसले प्रचार प्रसार उपसमिति बनाएको छ ।  बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माको संयोजकत्वमा उपसमिति बनाइएको हो । 

उपसमितिको सदस्यमा किरण गिरी, बद्री सिग्देल, सरोज अधिकारी, रोजी पराजुली ढकाल, महेश्वर गौतम, केदारनाथ दाहाल  र जगत प्रजापति रहेका छन् । 
यसैगरी  केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठित “स्वयंसेवक परिचालन उपसमिति” बनाएर पाँच जना  सदस्य पनि चयन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्