२८ असार २०८३, आइतबार

‘आमा सुरक्षा’ कार्यक्रमका लागि छुट्याइएको रकममा अपुग भएको गुनासो

माघ २६, २०८०
काठमाडौं
‘आमा सुरक्षा’ कार्यक्रमका लागि छुट्याइएको रकममा अपुग भएको गुनासो

सरकारसमक्ष प्रदेश तहका अस्पताल र  स्थानीय तहले आमा सुरक्षा कार्यक्रमको लागि छुट्याएको बजेट अपुग भएको गुनासो गरेका छन् । 

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले आमा सुरक्षा कार्यक्रमका लागि छुट्याइएको रकम अपुग भएका प्रदेशका केही अस्पताल र स्थानीय तहले बजेट माग गरेका बताए । उनले आमा सुरक्षा कार्यक्रमा लागि माग गरिएको रकम निकासा दिइने जानकारी दिए । 

आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रदेशतर्फ अस्पताल र स्थानीय तहमा आमा सुरक्षा कार्यक्रमअन्तर्गत मातृ तथा नवशिशु कार्यक्रम, गर्भवति उत्प्रेरणा सेवा, रक्तसञ्चार, न्यानो झोला, निःशुल्क, गर्भपतन र नवजात शिशुको निःशुल्क उपचार कार्यक्रममा सञ्चालित रहेका छन् । उनले प्रदेश तर्फका अस्पतालले आमा सुरक्षा कार्यक्रमका लागि थप रकम आवश्यक पर्ने भए प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहले परिवार कल्याण महाशाखामा माग गर्न आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्