२३ असार २०८३, मंगलबार

कम्बोडियामा बर्ड फ्लुले एक बालकको मृत्यु

माघ २७, २०८०
काठमाडौं
कम्बोडियामा बर्ड फ्लुले एक बालकको मृत्यु
फाइल तस्वीर

कम्बोडियाको स्वास्थ्य मन्त्रालयले शुक्रबार नौ वर्षीय बालकको बर्ड फ्लुबाट मृत्यु भएको बताएको छ । मन्त्रालयले भाइरसबाट जारी खतराको चेतावनीसमेत दिएको छ । बर्ड फ्लुबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो । 

उत्तरपूर्वी क्र्याटी प्रान्तका ती बालक आफ्नो परिवारसँग कुखुराको मासु खाएपछि बिमारी भएका थिए । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएको थियो र बिहीबार उनको मृत्यु भयो । 

मन्त्रालयले परीक्षणहरूबाट बालकको मृत्यु बर्ड फ्लु भाइरसको अत्यधिक रोगजनक एच५एन१ स्ट्रेनबाट भएको बताएको छ । 'प्रमाणअनुसार बिरामीको घरमा पाँच वटा कुखुरा र तीन वटा हाँस मरेका छन्, उनीहरूले कुखुरा र हाँसको मासु पकाएर खाएका थिए,' मन्त्रालयले भनेको छ । 

स्वास्थ्य अधिकारीहरूले भाइरसको स्रोतको अनुसन्धान गरिहेको र थप मामिला खोजिरहेको पनि मन्त्रालयले बताएको छ । 'स्वास्थ्य मन्त्रालय पुनः सबैलाई बर्ड फ्लुप्रति सतर्क रहन स्मरण गराउँछ किनकी एच५एन१ हाम्रा जनताको स्वास्थ्यका लागि खतरा बनेको छ,' मन्त्रालयले भनेको छ । 

गत वर्ष राज्यमा बर्ड फ्लुबाट दुई वर्षकी बालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको थियो । सन् २०२१ को अन्त्यदेखि युरोप बर्ड फ्लुको सबैभन्दा खराब प्रकोपबाट प्रभावित भएको छ । उत्तर र दक्षिण अमेरिकाले पनि गम्भीर प्रकोपको सामना गर्नुपरिरहेको छ ।

बर्ड फ्लुका कारण संसारभरमा लाखौँ घरेलु कुखुरा मारिएको छ । तिनीहरूमध्ये धेरैमा एच५एन स्ट्रेन थिए । यसै महिनाको प्रारम्भमा चेक गणतन्त्रमा एक लाख ४० हजार कुखुरा मारिएको थियो । वैश्विक प्रकोप हजारौँ जङ्गली पक्षीहरूको मृत्युका लागि पनि जिम्मेबार छन् ।

salt training

कमेन्ट गर्नुहोस्