१८ असार २०८३, बिहीबार

विधानको मस्यौदामाथि छलफल गर्न आज पनि माओवादीको स्थायी कमिटी बैठक

माघ २७, २०८०
काठमाडौं
विधानको मस्यौदामाथि छलफल गर्न  आज पनि माओवादीको स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । विधान मस्यौदाको प्रस्तावमाथि छलफल गर्न आज ११ बजेपछि केन्द्रीय कार्यालय काठमाडौंको पेरिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

शुक्रबार मस्यौदा समितिमा संयोजक पम्फा भुसालसहितका सदस्यहरूले धारणा राखेका थिए ।

शनिबार स्थायी कमिटीका सदस्यहरूलाई विधानको मस्यौदामा लिखित सुझाव दिन पार्टीले निर्देश गरेको छ ।

स्थायी कमिटी बैठकपछि दुई दिन केन्द्रीय कमिटीको बैठक बसेर फागुन १ गतेदेखि शुरू हुने विधान सम्मेलनको लागि प्रस्ताव तयार गर्नेछ । स्थायी कमिटी र केन्द्रीय कमिटीले प्रस्ताव गरेपछि विधानलाई विधान सम्मेलनले अन्तिम रुप दिनेछ ।

मस्यौदा समितिले केन्द्रीय कमिटीसहितका पार्टी संरचना छरितो बनाउनुपर्ने प्रस्ताव गरेको छ । केन्द्रीय कमिटी १५१ सदस्यीय बनाउन प्रस्ताव गरिएको छ ।

तर पार्टीमा नयाँलाई अवसर दिनुपर्ने, उमेरहद, पार्टीमा अवधि जस्ता विषयमा उपमहासचिव जनार्दन शर्माले पुरक प्रस्ताव दर्ता गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्