०८ असार २०८३, सोमबार

माओवादीले सरकार नढाल्ने, ‘एमालेसँग बैचारिक एकता भएको छैन’

कात्तिक २०, २०७४
माओवादीले सरकार नढाल्ने, ‘एमालेसँग बैचारिक एकता भएको छैन’

असोज २१, काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् ।

शनिवार बिहान माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौं, यो हाम्रो नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौं ।’

तर, प्रधानमन्त्री र नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ भने आफूहरु सरकार छाड्न तयार रहेको पनि प्रचण्डले स्पष्ट पारे । ‘हाम्रो एक मात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो,’ प्रचण्डले भने ।

संसदीय दलका नेतासमेत रहेका अध्यक्ष प्रचण्डले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताए । ‘एमाले, नयाँ शक्ति र हामीबीच पार्टी एकताको सैद्धान्तिक सहमति भएको छ । तर, वैचारिक विषयमा बहस गरेर एकरुपता कायम गर्न बाँकी नै छ,’ प्रचण्डले भने, ‘एउटा अर्कोमा बिलय भएर एकता हुने होइन, वैचारिक राजनीतिक र संगठनात्मक विषयमा बहस गरेर हामी साझा टुङ्गोमा पुग्छौं । अहिले हाम्रा आ(आफ्नै वैचारिक मान्यता कायम छन् ।’

बैठकमा अध्यक्ष प्रचण्डले संविधान निर्माण र कार्यान्वयनको प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेकोमा पार्टीका सांसदहरुलाई धन्यवाद दिए ।

salt training

कमेन्ट गर्नुहोस्