१२ साउन २०८३, मंगलबार

आद्यान्तका संस्थापक पौडेललाई नेपाल 'युथ आइकन रिकग्निशन अवार्ड'

माघ २७, २०८०
काठमाडौं
आद्यान्तका संस्थापक पौडेललाई नेपाल 'युथ आइकन रिकग्निशन अवार्ड'

आद्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडका संस्थापक तथा अध्यक्ष मनोज पौडेललाई नेपाल 'युथ आइकन रिकग्निशन अवार्ड २०२३' प्रदान गरिएको छ । नेपालको उद्यमशीलता र आर्थिक क्षेत्रमा नवीनतम योगदान र नेतृत्व प्रदान गरेबापत उनलाई व्यवस्थापन संघले युथ आइकन रिकग्निशन अवार्ड प्रदान गरेको हो ।

शुक्रबार सम्पन्न संघको ४३औँ वार्षिक साधारणसभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पौडेललाई अवार्ड प्रदान गरे ।

नेपालमा वैकल्पिक तथा नवीनतम लगानी यस्तै उद्यमशीलताको क्षेत्रमा सरकार, निजी क्षेत्र र विकास साझेदारबीच अद्वितीय साझेदारी बनाउन उनले देखाएको उदाहरणीय र व्यवस्थापकीय शैलीलाई सम्मानित गरेको संघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समिति सदस्य तथा लगानी तथा अन्तर्राष्ट्रिय मामिला मञ्चका सभापतिसमेत रहेका पौडेलले विश्वका विभिन्न प्लेटफर्ममा नेपालको निजी क्षेत्रको तर्फबाट लगानीको गन्तव्यका रूपमा कुशलतापूर्वक प्रस्तुत गर्न उनले भूमिका खेलेको संघले जनाएको छ ।  

चेवेनिंग स्कलरको रूपमा विश्व प्रसिद्ध लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेका पौडेल प्राइम कमर्सियल बैंकका सञ्चालक पनि हुन् । 

उनी काठमाडौं टेक्निकल स्कूल, इन्भेस्ट इन्फ्रा र इन्स्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्सजस्ता नवीन संस्थाहरूका सह-संस्थापकसमेत हुन् ।   

नेपालमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेका युवा प्रतिभालाई सम्मान गर्न संघले यस वर्षबाट नयाँ विधामा सम्मान दिन शुरू गरेको हो। 

त्यसैगरी, संघले म्यानेजमेन्ट अफ दी इयर अवार्ड नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्णराज अवस्थी, वुमन म्यानेजर रिकग्निशन अवार्ड आरती चटौत र लाइफ टाइम कन्ट्रिब्युशन अवार्ड पद्यलाल श्रेष्ठलाई प्रदान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्