२४ असार २०८३, बुधबार

राष्ट्रसङ्घको आरोप– इजरायलले गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार गर्‍यो

माघ २७, २०८०
काठमाडौं
राष्ट्रसङ्घको आरोप– इजरायलले गाजाका लागि आएको आधाभन्दा बढी सहायता आपूर्ति अस्वीकार गर्‍यो

गाजा–उत्तरी गाजा पट्टीका लागि प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए)ले शुक्रवार पेश गरेको आधा सहायता अनुरोधलाई इजरायलले अस्वीकार गरेको आरोप लगाएको छ ।

यूएनआरडब्ल्यूए प्रमुख फिलिप लजारिनीले यस वर्षको शुदेखि नै उत्तरमा पेश गरेका आधा सहायता अनुरोधहरू अस्वीकृत भएको बताएका हुन् ।

राष्ट्रसङ्घले उत्तरी गाजा पट्टीमा अनिकाल र भोकमरी यस क्षेत्रको पहिचान बनेको जनाएको छ । 
 
लजारिनीले उत्तरमा करिब तीन  लाख मानिसहरू बाँच्नका लागि एजेन्सीको सहायतामा निर्भर रहेको उल्लेख गर्दै जीवन बचाउने मानवीय सहायताको पहुँच अवरुद्ध भइरहेको उल्लेख गरे । 
 
गाजास्थित सरकारी सञ्चारमाध्यमका अनुसार इजरायलले निरन्तर घेराबन्दी र खाना, पानी र पोषणलाई प्रवेश गर्नबाट रोकेको कारण पिठो चामललगायतका सामानहरू सकिइसकेका छन् । 

गाजा क्षेत्रका बासिन्दाहरूले आफ्नो लागि आएको खाद्यान्न सहायता रोकिँदा यसको सट्टा पशुखाद्य र अन्न पिस्न बाध्य भएको र अहिले चलिरहेको आक्रमणको बीचमा वास्तविक अनिकालको सामना गरिरहेको विज्ञप्तिमार्फत कार्यालयले जनाएको छ ।  
  
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रवार जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्