२३ जेठ २०८३, शनिबार

कर्णालीका प्रदेश प्रमुख परियारद्वारा ल्होसारको शुभकामना

माघ २७, २०८०
काठमाडौं
कर्णालीका प्रदेश प्रमुख परियारद्वारा ल्होसारको शुभकामना

कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होसार (नयाँ वर्ष) का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् ।

सन्देशमार्फत उनले भनेका छन्, 'नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको राष्ट्र हो । हामीसँग विविधताबीचको एकता, सामाजिक, सहिष्णुता, सद्‌भाव र सांस्कृतिक ऐक्यबद्धता छ । यसको संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व हो ।'

प्रदेश प्रमुख परियारले सोनाम ल्होसार आर्थिक समानता, समृद्धि र सामाजिक रुपान्तरण गर्न, समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा सहयोग पुर्‍याउन एवं मुलुकमा शान्ति, सद्‌भाव र समृद्धि ल्याउन प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्