०६ साउन २०८३, बुधबार

यू–२३ फूटबलः चिनियाँ टोलीमाथि नेपालको फराकिलो जीत

माघ २७, २०८०
काठमाडौं
यू–२३ फूटबलः चिनियाँ टोलीमाथि नेपालको फराकिलो जीत

मैत्रीपूर्ण फूटबल खेलमा चिनियाँ टोलीमाथि नेपाली राष्ट्रिय यू–२३ टोलीले फराकिलो जीत निकालेको छ ।

काठमाडौंको दशरथ रंगशालामा शनिवार भएको खेलमा घरेलु टोली नेपालले चीनको प्रान्तीय यू–२३ टोली छिङ हाई युसमाथि ५–१ गोल अन्तरको फराकिलो जीत निकालेको हो ।

नेपाली टोलीका लागि समीर तामाङले २ गोल गरे ।

null

यस्तै सञ्जीव विष्ट, छिरिङ लामा र नीराजन धामीले पनि १–१ गोल थपेका हुन् । 

चीनका तर्फबाट झाक्सी पेङगुकोले सान्त्वना गोल फर्काए । 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा यो मैत्रीपूर्ण खेल भएको हो । चीनको कुनै पनि फूटबल टोली २९ वर्षपछि पहिलोपटक नेपाल आएर खेलेको हो ।

नेपालको युवा टोलीमा ५ जना सिनियर टोलीका खेलाडी समावेश थिए ।

जसमा कप्तान मनीष डाँगी, आयुष घलान, लकेन लिम्बू, उत्सव राई र सञ्जीव विष्ट छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्