
पोखरा । कपडा व्यवसायी एसोसिएसन कास्कीको आयोजनामा मिटर परीक्षण तथा नवीकरण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको नियमित वार्षिक कार्यक्रम अन्तरगत व्यवसायी सदस्यहरूका लागि यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गजेन्द्रमान श्रेष्ठले बताए ।
उनका अनुसार शनिवार ११२ व्यवसायीहरूका २५० मिटरहरू परीक्षण तथा नवीकरण गरिएको छ ।
मिटरहरू चलाउने वा काम गर्ने सिलसिलामा बाङ्गिने र खिइने समस्या हुने भएकाले त्यसको यकिनका लागि वर्षेनी नाप जाँच तथा नवीकरण गराउनु पर्ने व्यवस्था अनुरूप यस प्रकार मिटरहरू परीक्षण गरिएको गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रमुख मनोज कुमार पोखरेलले बताए ।