
कास्कीको पोखरा महानगरपालिका-२५ मेलबोट बस्ने ५१ वर्षीया सीता कुँवर मृतावस्थामा फेला परेकी छन् । सोही ठाउँस्थित सेती नदीमा उनी शुक्रबार मृत अवस्थामा फेला परेकी हुन् । नदीमा नुहाउन भनी गएकी उनी घर फर्कि नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।