२२ जेठ २०८३, शुक्रबार

सोलुखुम्बुमा १८ आगलागीका घटना, तीन करोडभन्दा बढीको क्षति

माघ २७, २०८०
सोलुखुम्बु
सोलुखुम्बुमा १८ आगलागीका घटना, तीन करोडभन्दा बढीको क्षति

सोलुखुम्बुमा छ महिनामा आगलागीबाट रु तीन करोडभन्दा बढीको भौतिक क्षति भएको छ । 

चालु आर्थिक वर्ष छ महिनामा १८ वटा आगलागीका घटना हुँदा रु तीन करोड १९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सबैभन्दा बढी सोलुदुधकुण्ड नगरपालिका र माप्यदुधकोशी गाउँपालिकामा चार÷चार वटा आगलागीका घटना भएका छन् ।
 
थुलुङ दुधकोशी गाउँपालिकामा तीन, महाकुलुङ, सोताङ र नेचासल्यान गाउँपालिकामा दुई÷दुई वटा र खुम्बु पासाङल्हामु गाउँपालिकामा एउटा आगलागीका घटना भएको प्रहरीको तथ्याङ्क छ । सो अवधिमा भएको आगलागीबाट एक मन्दिरसहित १६ वटा घर जलेर नष्ट भएका छन् भने दुई वटा स्काभेटरमा आगजनी भएको प्रहरी निरीक्षक मिश्रले बताए । 

घटनामा एक जना बालकको ज्यान गएको छ । गत मङ्सिर २१ गते चौरी गोठमा भएको आगलागीमा परी सोलुदुधकुण्ड नगरपालिका–२ का चार वर्षीय बालक पासाङ शेर्पाको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्