०९ असार २०८३, मंगलबार

सिन्धुपाल्चोकको पाल्चोकमा ६ हजार किलोको घण्ट बन्ने

माघ २७, २०८०
सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको पाल्चोकमा ६ हजार किलोको घण्ट बन्ने

 सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक मन्दिरमा छ हजार किलोको ठूलो घण्ट बन्ने भएको छ । आज एक कार्यक्रमबीच प्रकाश मानव सेवा आश्रमका संरक्षक प्रकाश भुजेलले घण्टको शिलान्यास गरे ।

जयवागेश्वरी पाल्चोकी माई ठूलो घण्ट निर्माण व्यवस्थापन समितिले सो घण्ट दुई वर्षमा निर्माण गर्ने लक्ष्य लिएको बताएको छ । घण्ट निर्माणका लागि प्रकाश भुजेलले रु २० लाख २० हजार सहयोग गरे । भुजेलले रु दुई लाख २० हजार नगद र १८ लाखको चेक समितिलाई हस्तान्तरण गर्दै सबैलाई सहयोग गर्नसमेत आग्रह गरे । 

घण्ट बनाउन रु तीन करोड ३० लाख खर्च लाग्ने आयोजकले बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्