
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सङ्घीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भइरहेकाले मधेस आन्दोलबाट प्राप्त उपलब्धिलाई गुम्न नदिन त्यसविरुद्ध एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा उनले मुलुकका आर्थिक परिवर्तनका लागि कृषि क्रान्ति जोड दिए। तराई मधेसमा सिँचाइ, मल, बीउविजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरी कृषिलाई सबल बनाइए देशको अर्थतन्त्र बलियो हुने उनको भनाइ थियो ।
हरेक क्षेत्रमा मधेसी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको भन्दै ती क्षेत्रमा मधेसी, महिला, जनजाति, आदिवासी, मुस्लिम, पिछडा वर्गलगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेस आन्दोलनबाटै भएको अध्यक्ष यादवले जिकिर गरे ।
मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाको सङ्गठन निर्माणमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।