
काठमाडौ, २१ असोज– राष्ट्रिय जनमोर्चा र नेकपा मालेले वाम गठबन्धनसँग चुनावी तालमेल गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले पार्टीले वाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले आधिकारिक निर्णय गर्ने बताए । उनले वाम एकताबाट कोही आत्तिनु नहुने बताए ।
सीपी मैनाली नेतृत्वको नेकपा माले पनि गठवन्धनमा सहभागी हुने तयारीमा छ । उनले वाम एकतामा मालेको समर्थन रहेको बताउँदै केही सैद्धान्तिक मुद्दामा मालेको फरक मत रहेको बताए ।
उनले तत्काल वाम गठवन्धनसँग तालमेलको प्रस्ताव माग गरेको र सैद्धान्तिक सहमतीपछि एकिकरण अभियानमा सामेल हुने बताए । मालेले तालमेल गरेपनि प्रदेश र प्रतिनिधिसभाको चुनामा आफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने बताएको छ ।
वाम गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति पार्टीसहितका दलहरु सहभागी छन् ।