२१ जेठ २०८३, बिहीबार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा जारी

माघ २८, २०८०
काठमाडौं
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा जारी

सत्तारुढ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक जारी छ । बैठक आइतवार मध्यान्ह काठमाडौंकाे राष्ट्रिय सभागृहमा शुरू भएको हो ।

बैठकमा पार्टीको समग्र अवस्थाका बारेमा छलफल हुने पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार बैठक आइतवार र सोमवार दुई दिनसम्म चल्नेछ । बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ ।

बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । 

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।

सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि शुरू भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्