०६ साउन २०८३, बुधबार

कांग्रेस महासमिति बैठक : यातायात व्यवस्थापन उपसमितिमा थपिए ७ सदस्य

माघ २८, २०८०
काठमाडौं
कांग्रेस महासमिति बैठक : यातायात व्यवस्थापन उपसमितिमा थपिए ७ सदस्य

नेपाली कांग्रेसको आगामी महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा सात सदस्य थप गरिएको छ । 

आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको यातायात व्यवस्थापन उपसमितिमा ७ सदस्य थप गरिएको हो ।

महासमिति बैठकमा आवतजावत गर्न आवश्यक पर्ने यातायात सुविधालाई व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि पार्टी केन्द्रीय सदस्य धना खतिवडाको संयोजकत्वमा रहेको उपसमितिमा आज सदस्य थप गरिएको हो ।

उपसमितिमा योगेन्द्रनाथ कर्माचार्य (काभ्रेपलाञ्चोक), केदारनाथ पौडेल (बर्दिया), शरद अधिकारी (धादिङ), सानुकाजी प्रजापति (काठमाडौं), सुवन गिरी (नुवाकोट), धर्म भण्डारी (झापा) र महेश्वर थापा (ललितपुर)लाई थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्