१९ असार २०८३, शुक्रबार

उपराष्ट्रपतिद्वारा २० श्ययाको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन

माघ २८, २०८०
पर्सा
उपराष्ट्रपतिद्वारा २० श्ययाको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन

 उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन् । 

नारायणी अस्पतालमा  निर्माण गरिएको ‘पोस्ट नाटल केयर वार्ड’को आज उद्घाटन गर्दै उपराष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रमा देखिएका विकृतिलाई सबैले एकजुट भएर हटाउनुपर्नेमा जोड दिए । मधेशमा शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर तिनवटै तहका सरकारले सुधारका लागि ठोस काम गर्नुपर्ने उनले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केन्द्रीय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालको स्तरोन्नतिका लागि सरकार क्रियाशील रहेको बताउँदै आधारभूत स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच  पु¥याउन सङ्घ, प्रदेश र स्थानीय तहले एकापसमा समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

नारायणी अस्पतालको आकस्मिक कक्षमा रु ४५ लाखको लागतमा निर्माण गरिएको २० श्ययाको ‘पोस्ट नाटल केयर वार्ड’मा नवजात शिशु र सुत्केरी आमाको उपचारसँगै रेखदेख गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले बताए । 

नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको सभापतित्वमा भएको उक्त कार्यक्रममा सांसद प्रदीप यादव, अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेललगायत सहभागी थिए । 

salt training

कमेन्ट गर्नुहोस्