३० जेठ २०८३, शनिबार

कुमारी बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

माघ २९, २०८०
काठमाडौं
कुमारी बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यही माघ २८ गते आइतवार आर्मी अफिसर्स क्लब काठमाडौंमा सम्पन्न साधारण सभाले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष (आव) २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८०/८१ को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा उनको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ ।

साधारण सभामा भएको सञ्चालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित बनेका छन् । 

यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्