रुकुम पश्चिमको मुसीकोट नगरपालिका – ५ सेरिगाँउमा रहेको यमुनानन्द नमुना माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी दुना टपरी गाँस्दै । सरस्वती पूजालाई लक्षित गरी कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थी खाली समयको सदुपयोग गर्दै दुना टपरी गाँस्न जुटेका छन । पाँच जना शिक्षाकाले दुना टपरी गाँस्न सहजीकरण गरिरहेका छन् । तस्वीरः बलबहादुर ओली/रासस