
अनिल साहले क्यानडाविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
एकदिवसीय सिरिज अन्तर्गत अन्तिम तेस्रो खेलमा क्यानडाविरुद्ध २३३ रनको लक्ष्य पछ्याएको नेपालका लागि अनिल साहले अर्धशतक प्रहार गरेका हुन् ।
उनले ५१ बलमा ५० रन हाने । यस क्रममा उनले ८ वटा चौका प्रहार गरे ।
साहले दोस्रो खेलमा पनि १९ बलमा आक्रामक रुपमा ५० रन बनाउँदै सबैभन्दा छिटो अर्धशतक हान्ने नेपाली खेलाडीको रेकर्ड बनाएका थिए ।
नेपालले २–० अघि रहँदै एक खेल अगाडि नै सिरिज जितिसकेको छ ।