![काठमाडौंमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/durga_prasai_fagun_1_2080_23_roPGVE1iuz.jpg)
व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान नेपालले मंगलवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा प्रसाईंको समूहले प्रदर्शन गरेको हो ।

यसअघि प्रसाईंले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरेका थिए । तर उक्त स्थान खाली नभएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिएर भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गरिएको हो ।

अभियानको वार्षिक उत्सव कार्यक्रममा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि सहभागी गराउने दाबी गरेका थिए । तर, अभियानमा शाह कतै देखिएनन् । बरु उनी यतिबेला चितवनमा रहेको बुझिएको छ ।

सो कार्यक्रममा विभिन्न जिल्लाबाट समावेश अनुहारका विभिन्न मानिस सहभागी भएको देख्न सकिन्थ्यो ।
विशेषगरी प्रसाईंले जनजीविकाका पनि मुद्दा उठाउँदै राजसंस्था र हिन्दूराष्ट्रको पहिचान फर्काउने अभियान चलाइरहेका छन् । उनले व्यवस्था नै परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मंसिर ७ गते काठमाडौंको बल्खुमा कार्यक्रम गरेका थिए । त्यसपछि काठमाडौं उपत्यकाका केही ठाउँमा प्रदर्शन गरेपछि उनी रोकिएका थिए ।
थप तस्वीरः 
















