०७ असार २०८३, आइतबार

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

फागुन १, २०८०
तनहुँ
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका घर भत्काउन थालियो

 मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा आजदेखि घर भत्काउन सुरु गरिएको छ । यसअघि सडक विस्तारका लागि घर नभत्काउँदा काम रोकिएपछि बजार क्षेत्रका संरचना आजदेखि भत्काउन सुरु गरिएको हो । 

मुग्लिन–पोखरा सडक विस्तार योजना (पूर्वी खण्ड) का इन्जिनियर र स्थानीयवासीको बैठकमा भएको प्रतिबद्धताअनुसार सडक स्तरोन्नतिका लागि घर भत्काउन थालिएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहेका स्थानीयवासी बैकुण्ठनाथ मिश्रले बताए । 
    सडक विस्तार योजना (पूर्वीखण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले दमौली बजारमा घर भत्काउन थालिएसँगै बजार क्षेत्रमा कामलाई तीव्रता दिइएको जानकारी दिए । 

    पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछन् । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको गेट, दुर्गा मन्दिर लगायतका संरचना पर्दछन् । 

विसं २०८१ भदौसम्म काम सक्ने गरी विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि जामुने–पोखरासम्मको काम सुरु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्