×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

दुर्गा प्रसाईंलाई पार्टीमा भित्र्याउन राप्रपाको पहलदेखि बालेनको आक्रोशसम्म

काठमाडाैं | फागुन २, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ । 
राप्रपाले मेडिकल व्यवसायी समेत रहेका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई पार्टीमा भित्र्याउनका लागि पहल थालेको छ । त्यसका लागि राप्रपाले एक वार्ता समिति नै गठन गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिमा उपाध्यक्ष हेमजंग गुरुङ र महामन्त्री धवलशमशेर राणा रहेका छन् । समितिमार्फत प्रसाईंसँग वार्ता हुने र मिलेर जान पहल हुने बताइएको छ । 
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह कार्यपालिकाको बैठकलाई लिएर आक्रोशित बनेका छन् । कार्यपालिका बैठकमा शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई कारबाही प्रक्रिया अघि बढाउने प्रस्ताव लगेका बालेन सो प्रस्ताव पारित हुन नसकेपछि आक्रोशित भएका हुन् ।

Muktinath Bank

बैठकमा सदस्यहरुले कारबाही प्रक्रिया अघि बढाउन आनाकानी गरेपछि लामो समय बादविवाद भएको थियो । अन्ततः आफ्नो प्रस्ताव पारित नहुने देखेपछि शाहले सुशासन समितिमा प्रस्ताव पठाउने निर्णय गराएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो प्रस्ताव पारित नभएपछि शाहले सामाजिक सञ्जालमार्फत वडाध्यक्षहरु पार्टीका कर्मचारीलाई जोगाउन लागिपरेको आरोप लगाएका छन् ।  
००००
पाल्पाको तिनाउ गाउँपालिकामा क्षमताभन्दा बढी यात्रु बोकेको यात्रुबहाक जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । ८ जनाको घटनास्थलमै मृत्यु भएकोमा २ जनाको उपचारका क्रममा ज्यान गएको हो । तिनाउ गाउँपालिका–६ मस्यामको सिखरडाँडा जाँदै गरेको जीप मंगलबार साँझ चिदिस लुम्पेकडाँडामा दुर्घटनामा परेको हो । १३ सिट क्षमताको जिपमा २७ जना यात्रु सवार थिए ।
००००
प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो ।
००००
विशेष अदालतले  पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा क्षेत्रीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।


Advertisment
Nabil box
Kumari

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठले  इजलासले थापासहितलाई  सफाइ दिएको हो ।
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । 

Vianet communication

साम्पाङले सामाजिक सञ्जालमार्फत आफूहरुबीच मंगलबार काठमाडौँमा भेटवार्ता भएको जानकारी गराएका छन् । बालेन केही नबोलेपनि साम्पाङले नयाँ पार्टी खोल्ने बारेमा बहस चलाउँदै आएका छन् । यस्तै दुई जनाबीच भेटवार्ता बाक्लिँदै आएको छ । गत निर्वाचनमा दुबै मेयरले लौरो चिह्नबाट चुनाव लडेका थिए । 
००००
नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र  उपलब्ध गराएको छ । सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्त  भएका थिए ।
००००
नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पेश भएको विधान मस्यौदामा छलफल गर्न २० वटा समूह गठन भएका छन् । 
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मस्यौदा पेश गरेपछि छलफलका लागि २० वटा समूह गठन भएको माओवादीले जनाएको छ । 
माओवादीका विधान अधिवेशनमा एक हजार दुई सय हाराहारी प्रतिनिधि सहभागी छन् । 

समूह बनेपछि प्रत्येकमा ५५ जनासम्म सदस्य हुने माओवादीले जनाएको छ । समूहमा भएको छलफलको निचोडलाई टोली नेताले बैठकमा प्रस्तुत गर्नेछन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैं सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैं सक्रिय भइरहेको बताएका हुन् ।
००००
रुबिना क्षेत्रीको कीर्तिमानी शतकको मद्दतमा नेपाली महिला टोलीले माल्दिभ्सको महिला टोलीलाई २१४ रनले पराजित गरेको छ ।
मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले दिएको २२८ रनको विजयी लक्ष्य पछ्याएको माल्दिभ्स १३ रनमा अलआउट भयो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
मंगलबार तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x