×

NMB BANK
NIC ASIA

ललितपुरको महालक्ष्मी नगरपालिका– ३ इमाडोलमा पाँचौं तल्लाबाट हामफालेकी रविना महर्जनले आफन्तहरूलाई सुसाइड नोट समेत पठाएको खुलेको छ ।

Muktinath Bank

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूका अनुसार उनले आफ्ना माइती पक्ष र दिदीबहिनीलाई सुसाइड नोट पठाएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘रविनाले आफ्नो ह्यान्डराइटिङमा माइती पक्ष र दिदीबहिनीहरूलाई सुसाइड नोट पठाएको भेटिएको छ । उनले त्यो कुरा घटनास्थलमा भेटिएको सुसाइड नोटमा पनि लेखेकी छन्,’ ती अनुसन्धान अधिकृतले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

उनले सुसाइड नोटमा आफूले बच्चाको हत्या गरेका समेत उल्लेख गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

Vianet communication

‘मैले बच्चालाई छाडेँ भने झन् धेरै दुःख पाउँछन्, त्यसैले सँगै लिएर गएकी छु,’ सुसाइड नोटमा लेखिएको कुरा उद्धृत गर्दै ती अनुसन्धान अधिकारीले लोकान्तरसँग भने ।

उनले आफ्ना श्रीमान् लगायत परिवारका कुनै पनि सदस्यको दोष नभएको सुसाइड नोटमा उल्लेख गरेकी छन् । प्रहरीको अनुसन्धानमा रविना धेरै नबोल्ने खालको भएको पाइएको छ । 

‘रविना इन्ट्रोभट टाइपको महिला भएको देखिएको छ । उनी धेरै नबोल्ने र आफ्ना कुरा मनमै गुम्स्याउने खालको रहेको देखियो,’ अर्का एक अनुसन्धान अधिकारीले भने ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार रविनाको घरमा परिवारका सबै सदस्यहरू एकसाथ बस्ने गरेका छन् ।

सबैभन्दा माथिल्लो तल्ला अर्थात चौथो तल्लामा मृतकका सासूससुरा बस्दै आएका छन् । 

३ जना दाजुभाइ भएका उनीहरू जेठोको परिवार भएकाले तेस्रो तल्लामा, माइलाको परिवार दोस्रो तल्लामा र कान्छोका परिवार भुइँतल्लामा बस्दै आएका छन् ।

‘उनीहरूको परिवारका ३ जना दाजुभाइ क्रमशः माथिल्लो तल्लाबाट तल बस्दै आएको देखियो । सबैभन्दा माथिको २ वटा कोठामा बुवाआमा बस्दै आउनुभएको रहेछ,’ एसपी कार्कीले भने । 

उनका अनुसार रविनामा पहिला त्यस्तो कुनै मानसिक समस्या पहिचान भएको थिएन ।

‘उनले कुनै खालको औषधि सेवन गर्ने गरेको देखिएन,’ एसपी कार्कीले लोकान्तरसँग भने । 

उनका श्रीमान्ले ललितपुरमा साउन्ड सिस्टमको व्यापार गर्दै आएका छन् । 

रविनाले माघ २७ गते आफ्नो घरको पाँचौं तल्लाबाट हामफालेर आत्महत्या गरेकी थिइन् । 

उनले आफ्ना दुई सन्तान ६ वर्षीय छोरा अश्वेत महर्जन र दुई वर्षीया छोरी रिवा महर्जनको हत्या गरेकी थिइन् । प्रहरीका अनुसार उनले तकियाले मुख छोपेर हत्या गरेको देखिएको छ ।

‘प्रारम्भिक अनुसन्धानमा रविनाले सास फेर्न अप्ठ्यारो हुने गरी हत्या गरेको देखिएको छ । तर थप पुष्टि हुने गरी पोस्टमार्टम रिपोर्टमा आउला,’ एसपी कार्कीले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x