०५ असार २०८३, शुक्रबार

पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली, ​बिहीवारदेखि सुधार हुने

फागुन २, २०८०
काठमाडौं
पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली, ​बिहीवारदेखि सुधार हुने

पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार भोलिदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिए ।

उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

अहिले सङ्घीय राजधानी काठमाडौंसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ । उनका अनुसार मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौंका केही स्थानमा छिटपुट वर्षा भएको छ ।

आज रातिको समयमा कोशी प्रदेशका १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

अहिले काठमाडौंको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्