नेपालको अग्रणी फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिकरुपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको शुरूवात गरेको छ ।
सेन्टरको उद्घाटन कार्यक्रममा हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापक, व्यावसायिक सहयोगी, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यलगायतको उपस्थिति थियो ।
प्रमुख अतिथि सोसाइटी अफ नेपलिज आर्किटेक्ट (सोना)का अध्यक्ष ईश्वरलाल जोशीको प्रमुख आतिथ्यतामा सेन्टर उद्घाटन गरिएको हो ।
३ हजार स्क्वायर फिटभन्दा बढीमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ग्राहकहरूले एप्लिकेसन सेन्टरबाट आफ्नो घर तथा अफिसको लागि निःशुल्क व्यावसायिक डिजाइन सेवा लिन सक्ने छन् ।
हेटिच १३५ वर्ष पुरानो पारिवारिक स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हो ।
१.५ बिलियन यूरोभन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो फर्निचर फिटिङको विश्वको सबैभन्दा ठूलो निर्माता हो ।
अत्याधुनिक फर्निचर प्रविधि सिर्जना गर्ने चुनौतीको सामना गर्दै लगभग ८० देशहरूमा अवस्थित यस कम्पनीमा ८००० भन्दा बढी कामदारहरू आबद्ध छन् ।