१६ असार २०८३, मंगलबार

‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ बनाउने

फागुन २, २०८०
काठमाडौं
‘सक्किगोनि’ टिमले फिल्म ‘लाज शरणम्’ बनाउने
फाइल तस्वीर

चर्चित हास्य टेलिभिजन सिरियल ‘सक्किगोनि’को टिमले ‘लाज शरणम्’ नाममा फिल्म बनाउने भएको छ । बुधवार बसन्त पञ्चरीको अवसर पारेर सिरियलको टिमले एक पोस्टरमार्फत फिल्मको नाम सार्वजनिक गरेको हो । फिल्म पनि कमेडी जनरामा बन्न लागेको हो । 

फिल्ममा कुन–कुन कलाकार देखिँदैछन् भन्ने टिमले केही खुलाएको छैन । अन्य जानकारी पनि दिइएको छैन ।

सिरियलको टिम पछिल्लो समय फिल्मको​ स्क्रिप्ट लेखनमा व्यस्त थियो । फिल्म २०८१ सालमा रिलिज गर्ने टिमको योजना छ । 

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को लेखन एवं निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ निकै लोकप्रिय छ । सिरियलमा यी दुईका साथमा सिपी पुडासैनी ‘धतुरे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, हरि निरौला ‘कक्रोच’लगायतको अभिनय रहँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्