२८ असार २०८३, आइतबार

उपत्यका बाहिर सात वटा मेडिकल कलेज खुल्ने प्रक्रियामा

फागुन २, २०८०
उदयपुर
उपत्यका बाहिर सात वटा मेडिकल कलेज खुल्ने प्रक्रियामा

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्न गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताएका छन् । 

आज कटारीस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो । 

“डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ”, उनले भने, “मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ ।”

सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्