
उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित नेकपा (एमाले)को टोलीले बुधवार सिंहदरबारमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरूसँग छलफल गरेको छ । मध्यपहाडी सङ्कल्प यात्राका क्रममा तयार भएको र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्र कार्यान्वयनका लागि अनुगमनको सिलसिलामा उनीहरूसँग छलफल भएको उपाध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
एमालेले मध्यपहाडी (झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि) सङ्कल्प यात्रा गत मंसिर १४ गते शुरू गरेर पुस १ मा टुंग्याएको थियो ।
यस्तै गत माघ ९ गते अध्यक्ष ओलीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो ।
‘एमालेको आयोजनामा मंसिर १४ गते शुरू भएर पुस १ गते सम्पन्न भएको झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा तयार भएको र गत माघ ९ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको ज्ञापनपत्र कार्यान्वयनका लागि अनुगमनको सिलसिलामा बुधवार सिंहदरबारमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिहरूसँग महत्वपूर्ण छलफल भएको छ,’ उपाध्यक्ष पौडेलले ट्विटर (एक्स)मा लेखेका छन् ।
नेकपा (एमाले)को आयोजनामा २०८० मङ्सीर १४ गते शुरू भएर पुस १ गते सम्पन्न भएको झुलाघाट-चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा तयार भएको र गत माघ ९ गते श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीज्यूको नेतृत्वको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्रीज्यूलाई
— Bishnu Prasad Paudel (@bpaudel1959) February 14, 2024
हस्तान्तरण गरेको… pic.twitter.com/EvZ7GhqMtR