
कपिलबस्तुमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु शिवराज नगरपालिका-१ सुरइना खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा कम्तीमा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवरत्न पौडेलले लोकान्तरलाई जानकारी दिए । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान छ ।
दुर्घटनामा ३० जना बढी घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको उनले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन ।