२८ जेठ २०८३, बिहीबार

अवैध विदेशी मुद्रासहित विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

फागुन ३, २०८०
काठमाडौं
अवैध विदेशी मुद्रासहित विमानस्थलबाट दुई पाकिस्तानी पक्राउ

अवैध विदेशी मुद्रासहित दुईजना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पाँच हजार डेनिश मुद्रासहित बुधबार साँझ दुईजना पाकिस्तानीलाई नियन्त्रणमा लिएको प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरि शर्माले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार बुधबार साँझ ७ बजे फ्लाई दुबई एयरलाईन्सको उडान नम्बर एफजेड ५७५ मार्फत् दुबईबाट नेपाल आएका दुई पाकिस्तानी नागरिक पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा ३१ वर्षका याशिन अहमद र ४८ वर्षका मोहम्मद अदनान लखानी रहेका छन् । उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्