२७ जेठ २०८३, बुधबार

मोरङका ३ हजार जना नागरिकताबाट वञ्चित

फागुन ३, २०८०
विराटनगर
मोरङका ३ हजार जना नागरिकताबाट वञ्चित

जन्मका आधारमा नागरिकता पाउने कानून बने पनि मोरङमा ३ हजारभन्दा बढीले नागरिकता पाएका छैनन् । कानूनी प्रावधानका कारण नागरिकता लिनबाट वञ्चित हुनेको संख्या ३ हजार भन्दा बढी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । 

जन्मका आधारमा नागरिकता पाउन बुबा र आमा दुवैको नागरिकता हुनुपर्ने प्रावधानका कारण उनीहरू नागरिकता पाउनबाट वञ्चित भएको उनले बताए । कानूनअनुसार वंशजका आधारमा आमा र बुबाको नागरिकता भए सन्तानले नागरिकता पाउने व्यवस्था छ । जन्मसिद्धका सन्तानको हकमा भने आमा र बुबा दुवै जनाको नागरिकता हुनुपर्ने प्रावधान छ । 

नेपालको संविधान २०७२ को धारा ११ को उपधारा (३) मा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले नागरिकता पाउने विषय उल्लेख छ ।  २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक भएको खण्डमा निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ ।

जन्मका आधारमा नागरिकता पाएकाका सन्तानहरूले मोरङमा १२ हजार ६४२ जनाले वंशजको नागरिकता पाएका छन् । गत असार ११ गतेदेखि फागुन १ गतेसम्ममा उक्त संख्यामा नागरिकता वितरण भएको हो । 

जसमा जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरबाट ८ हजार ९७४, इलाका प्रशासन कार्यालय रंगेलीबाट ३ हजार १९९ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ४६९ जना जन्मका आधारमा नागरिकता पाएका सन्तानहरूले वंशजको आधारमा नागरिकता पाएका छन् । 

यस्तै हालसम्म एनआरएन नागरिकता पाउनेको संख्या मोरङबाट ४३ जना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्