२४ जेठ २०८३, आइतबार

महासमितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

फागुन ३, २०८०
काठमाडौं
महासमितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्न लागेको महासमिति बैठकको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । 

महासमितिमा प्रस्तुत हुने नीति प्रस्ताव, सांगठनिक प्रस्ताव र समसामयिक प्रस्तावसहितका विषयमा छलफल गर्न कांग्रेसले आज केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

महासमिति बैठकमा प्रस्तुत गर्न ५९ पृष्ठको नीतिसम्बन्धी प्रस्ताव तयार भएको कांग्रेसले जनाएको छ । 

महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नेछन्। यी प्रस्तावसहित बैठकको तयारीसहितका विषयमा कांग्रेस बैठकमा छलफल हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्