आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली टोलीले निकै खराब प्रदर्शन गरेको छ ।
पहिलो बलबाटै धर्मराएको नेपाली पारी नामिबियाका बलरसामु फिक्का साबित भएको छ ।
यो समाचार तयार पार्दासम्म ३२ ओभरको खेल सकिँदा नेपालले ८ विकेट गुमाएर १०७ रन जोडेको छ ।
भीम सार्कीले ४४, गुल्सन झाले २१ र कुशल मल्लले १५ रन जोड्नुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेका छैनन् ।
नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले कीर्तिपुरमा नामिबिया र नेदरल्यान्ड्ससँग २/२ खेल खेल्नेछ ।